एजेन्सी, ४ जेठ । दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रिय सरकारलाई सिंगापुरको हवाईयात्रा तत्काल बन्द गर्न आग्रह गरेका छन् । पछिल्लो समयमा सिंगापुरमा भेटिएको कोरोनाको नयाँ रुप बालबालिकाको लागि खतरा भएको भन्दै भारतले सिंगापुरसँगको हवाई उडान तत्काल बन्द गर्न केजरीवालले आग्रह गरेका हुन् ।
मुख्यमन्त्रीको कोरोना भाइरसको तेस्रो रुप भारतमा आउन सक्ने भन्दै यस्तो अवस्थामा केन्द्र सरकारलाई सिंगापुरसँगको हवाईसेवा तत्काल बन्द गर्नु पर्ने उनको तर्क थियो । यसको साथै उनले बच्चाहरुको लागि खोपको विकल्पहरुमा प्राथमिकताका आधारमा काम गर्नु पर्ने समेत जिकिर गरे ।
सिंगापुर सरकारले विद्यालयहरु २८ मे सम्म बन्द गरेको छ । सिंगापुरका शिक्षा मन्त्री चान चुन सिंगको अनुसार हाल सिंगापुरमा फैलिरहेको कोरोना भाइरस नयाँ भेरियन्ट बच्चाको लागि खतरा हो । यो भाइरसले बच्चालाई आक्रमण छिटो गर्छ । Dainik jagaran