Logo

डबल’ र ‘ट्रिपल म्युटेन्ट’ संक्रामक र जोखिमपूर्ण



काठमाडौं, जेठ ५ । कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको बेला नेपालमा दुई नयाँ भेरियन्टको संक्रमण देखिएको छ ।

गत साता ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्युटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई भेरियन्ट फेला परेका हुन् । भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा पनि फैलिएको पाइएको छ ।

प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ नमुनामा बी १.६१७.२ र ३ प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको हो । यी दुवै भेरियन्ट भारतमा पहिलोपटक भेटिएको थियो । नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण छ । देशका विभिन्न भागबाट गत साता संकलित कोभिड–१९ संक्रमितको ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा ‘जिन सिक्वेन्सिङ’ गरिएको हो ।

यसैबीच, देशभर मंगलबार ८ हजार २ सय ३ मा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार देशभरका २० हजार २ सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमित संख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९६ को निधनसँगै हालसम्म ५ हजार ४ सय ११ संक्रमितको मृत्यु भएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot