Logo

‘बिरामी बचाउन नसक्दा मन दुख्छ’



काठमाडौं, जेठ ६ । दोस्रो लहरको कोराना संक्रमणको बढी प्रभाव काठमाडौं उपत्यकामा परेको छ। जनसंख्या धेरै भएको यो सहरमा दैनिक सयौंको संख्यामा सिकिस्त बिरामी अस्पताल पुग्छन्। आइसियु, अक्सिजन र बेडको अभावमा धेरै दिन गुज्रिए। यी दिनहरू बिरामीसँगै चिकित्सकका लागि निकै चुनौतीपूर्ण बनेका छन्।

सिभिल अस्पतालका श्वास–प्रश्वास तथा छातीरोग विशेषज्ञ डा विदेश बिष्टका लागि गत वर्षको भन्दा यो वर्षको भोगाइ फरक महसुस भइरहेको छ। कोभिड आइसियुमा खटिरहेका उनका लागि हरेक दिन चुनौतीपूर्ण बनेका छन्। दैनिक सयौं फोन आउँछ। तीमध्येमा ८र९ वटा फोन साथीभाइको हुन्छ, उनीहरू आइसियुका लागि गुहार लगाइरहेका हुन्छन्। यता अस्पतालमा आइसियु भरिएको हुन्छ।

उपचारमा रहेको बिरामीलाई निकाल्ने कुरै भएन। एक दिन बुवालाई कोभिड लागेको भन्दै एक साथीले गुहार मागे। तर डा। बिष्टसँग कुनै उपाय थिएन। त्यसको दुई दिनपछि साथीको बुवाको निधन भएको खबर पाए। यो अवधिमा उनीसँग यस्ता धेरै तीता अनुभव छन्।

‘आइसियु चाहियो भनेर फोन आउँछ, खोज्दाखोज्दै बिरामीको मृत्यु भइसकेको हुन्छ’, डा। बिष्टले भने, ‘आफैं डाक्टर भएर पनि हेल्पलेस हुँदा मनमा धेरै पश्चात्ताप हुँदो रहेछ।’ बचाउँछु भनेर मेहनत गरेका बिरामीलाई बचाउन नसक्दाको क्षण पनि पीडा बोकेर काममै खटिनुपर्छ। ‘तीनजना डाक्टर साथीले बुवा गुमाए’, उनले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। अनुप बास्तोलाका लागि गत वर्षभन्दा यो वर्ष पीडादायी बन्दैछ।

गत वर्ष मृत्यु हुने संक्रमितमा वृद्धवृद्धा बढी हुन्थे। यो वर्ष अस्पताल पुगेर पनि धेरै युवाको आँखै अघि कोरोना संक्रमणका कारण मृत्यु भयो। गत वर्षभन्दा कडा लक्षण लिएर बिरामी आउनु, आएका जति सबैलाई अक्सिजन चाहिने, भेन्टिलेटर चाहिने तर सबै भरिभराउ हुने। एक्कासि धेरै संख्यामा बिरामी आउँदा अस्पतालमा स्वास्थ्यकर्मीसमेत थाकिसकेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्