काठमाडौं, जेठ ६ । नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा उपचार गराउँदै आएको केसीको गएराति निधन भएको हो ।
मूलपानी स्थायी घर भएका केसी महानगरीय प्रहरी परिसरमा कार्यरत थिए । वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका कसीलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो।