Logo

माओवादी केन्द्रका नेतामाथि गोली प्रहार



कपिलबस्तु, जेठ ६ । नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डे माथि गोली प्रहार भएको छ । बुधबार राति ११ः३० बजे पाण्डेय माथि अज्ञात समुहले गोली प्रहार गरेको हो ।

उनको शरीरका दुई ठाउँमा गोली लागेको प्रहरीले जनाइएको छ ।गोली प्रहारबाट घाईते भएका पाण्डेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तौलिहवा–जितपुर सडक खण्डमा पर्ने रामनगर भन्ने स्थानमा पाण्डे माथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।



प्रतिक्रिया दिनुहोस्