Logo

आज पनि चट्याङसहित वर्षाको सम्भावना



काठमाडौ, जेठ ७ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि बिहानैदेखि मौसम देशका अधिकांश स्थानमा बदली भइ वर्षाको सम्भावना रहेको छ । साथै उच्च हिमाली जिल्लाहरुमा हल्का हिमपात कायम नै रहेको बताइएको छ ।

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश २ र प्रदेश न १ का एक–दुइ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ । राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा सामान्यतय सफा रहनेछ ।

प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्