Logo

नाइजेरियाका सेनापतिसहित ११ सैनिक अधिकृतको विमान दुर्घटनामा मृत्यु



एजेन्सी, ८ जेठ । सैनिक विमान दुर्घटना हुँदा नाइजेरियाका सेनापति जनरल इब्राहिम अट्टाहेरुको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी क्षेत्रको काडुना इन्टरनेशनल एयरपोर्टमा घटना भएको हो ।

नाइजेरियाको सेनाले विमान दुर्घटनामा सेनापति अट्टाहेरुसहित ११ उच्च अधिकृतको निधन भएको पुष्टि गरेको छ । सेनापतिबाहेकको नाम सार्वजनिक गरिएको छैन । नाइजेरियाको सेनाले ट्वीटमार्फत् यसबारे जानकारी दिएको छ ।

सेनापतिमा अट्टाहेरुको नियुक्ति ५ महिना अगाडि मात्र भएको थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले सेनामा तरंग नै ल्याउने गरी नयाँ सेनापति नियुक्त गरेका थिए ।

नाइजेरियामा सशस्त्र गतिविधि गर्दै आएके बोको हरामका नेता अबुबकर सेकाउ मारिएको खबर आएको केही दिनपछि सेनापति अट्टाहेरुको दुर्घटनामा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot