एजेन्सी, १० जेठ । Amazon ले विश्वभर Prime Now डेलिवरी एप बन्द गर्ने घोषणा गरेको छ । अबको केही समयमा डेलिवरी दिने एप Prime Now अप्सन पनि उपलब्ध नगराउने भएको छ । यो सुविधा अब कम्पनीको मुख्य एप र वेबसाइटमा रहने बताइएको छ ।Prime Now एप भारत, जापान र सिंगापुरमा पहिले नै बन्द भइसकेका छन् ।
Amazon का उप–निर्देशक अफ ग्रासरी स्टेफेनी लान्ड्रेको अनुसार टु आवर डेलिवरीको सुरुवात २०१९ मा भएको थियो । विश्वभरमा तेस्रो पार्टी पार्टनर र लोकल स्टोरको मद्दतले एचष्mभ एप र वेबसाइटमा सेवा उपलब्ध गराइएको थियो । Prime Now को सुरुवात २०१४ मा नै भएको थियो ।
यसबाट किनमेल, अर्डर र कम्टमर सेवाको लागि एक सुविधाजनक अप्सन बनाइएको थियो । यसमा धेरैजसो अत्यावश्यक सामाग्रीहरु, गिफ्ट, खेलौना र ग्रासरीका आइटम फास्ट डिलीवरी हुन्थ्यो । अब भने Amazon को मुख्य एपमा Prime Now को सबै पुराना सेवाहरु हुने भएको छ । Source: Dainik jagaran