Logo

ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार नाघ्यो



१२ जेठ : ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ ।

यस प्रकोप शुरु भएयता ब्राजिलमा १ करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् ।-एएनआइ/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot