Logo

एमाले स्थायी कमिटीको बैठक दोस्रो पटक स्थगित



काठमाडौं, जेठ १७ । नेकपा एमालेले स्थायी कमिटीको बैठक दोस्रो पटक स्थगित भएको छ ।

आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजे सारिएको थियो । तर, राष्ट्रियसभा उपनिर्वाचनका कारण पुनः मंगलबार बिहान ११ बजे बस्ने गरि बैठक सारिएको छ ।

एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आइतबारको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको थियो । आजको बैठक प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण स्थगित भएको उनले जनाएका छन् ।

बैठकमा समसामयिक राजनीतिक विषय, बजेट समिक्षा तथा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot