Logo

प्रतिबन्धित औषधी बिक्रि गर्दा…



चितवन, १८ जेठ । प्रतिबन्धित औषधी बिक्रि गरेको अभियोगमा भरतपुरबाट २ जना पुरुष पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कबाट प्रतिबन्धित औषधि १ हजार १० ट्याब्लेट एनार्गन, ६ सय ८० टयाब्लेट ट्रामा र ८१ ट्याब्लेट ट्रफिन सहित तनहुँ देवघाट घर भई हाल भरतपुर बस्ने २९ वर्षीय अबिषेक थापा लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाले संञ्चालन गरेको भगवती मेडिकल हलमा प्रतिबन्धित औषधिको किनबेच भईरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको प्रतिबन्धित औषधि सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्