Logo

मन्त्रिपरिषदको आजको बैठकले के के निर्णय गर्ला ?



काठमाडौं, २० जेठ । मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजे बस्दैछ । आजको बैठकलाई नियमित भनिएको छ ।

आज बस्ने बैठकले कोरोना भाइरससँग जुध्ने योजनाबारे छलफल गर्ने बुझिएको छ ।

एसईई परीक्षाको वैकल्पिक व्यवस्था, कक्षा १२ लगायत विद्यालय र विश्वविद्यालय तहको परीक्षाबारेको विषय पनि एजेन्डामा रहेको बुझिएको छ ।

बैठकमा सरकारले केही अध्यादेश ल्याउने समेत तयारी गरेको छ । दल विभाजनसम्बन्धी अध्यादेशबारे आजको बैठकमा छलफल हुनसक्ने बुझिएको छ । जसपाको महन्थ ठाकुर समूहले यसको चाहना राखेको छ । जसपालाई सरकारमा ल्याउन पहल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्