Logo

ब्ल्याक फंगस कति हानिकारक ?



जेठ २०, काठमाण्डौ । कैलालीको सेती प्रादेशिक अस्पतालका एक जना म्यूकोर्माइकोसिस (कालो ढुसी)को संक्रमितको मृत्यु भएको छ । जेठ १७ गते देखि अस्पतालमा उपचार रत जिल्लाको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षिय पुरुषको मृत्यु भएको हो । म्यूकोर्माइकोसिस रोगको संक्रमणवाट उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कालो ढुसीबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालको पहिलो केस भएको अस्पतालको भनाई छ । उनकोे उपचारमा संलग्न डाक्टर निशान भट्टराईका अनुसार कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको हो ।

मधुमेह, क्यान्सर लगायतका बिरामीमा यसको समस्या बढी देखिने चिकित्सहरुले बताएका छन् । यस रोगबाट बच्न आफ्नो शरीरमा रोग प्रतिरोध क्षमतालाई घट्न दिन नहुने चिकित्सकले सुझाव दिएका छन् । ब्ल्याक फंगसको संक्रमणमा परेकामध्ये ५० प्रतिशतको मृत्यु हुन सक्ने चिकित्सक डा.निरज बम बताउँछन् । हरुले बताएका छन् ।

ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट दुई दिनअघि वीरगन्जमा तीन जनाको मृत्यु भएको थियो । अरु पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको छ । उनीहरुको उपचार पटना र लखनउमा भइरहेको बताइएको छ ।

करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको थियो । उनको पनि मृत्यु भइसकेको छ । त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगन्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो । ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृत्यु भएको थियो ।

यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते निधन भएको थियो । वीरगन्जमा संक्रमण देखिएका आठै जना कोभिडबाट निको भइसकेकाहरू हुन् । कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेको छ । अहिलेसम्मको अनुसन्धानले ब्ल्याक फंगस हावा र माटोबाट सर्ने देखिएको छ ।

ब्ल्याक फंगस :
आम भाषामा ब्ल्याक फंगस भनिने म्युकरमाइकोसिस एक प्रकारको कालो ढुसीले निम्त्याउने समस्या हो। म्युकर नामक यो ढुसी हाम्रै वरिपरि, जहीँतहीँ हुन्छ। कुहिएको खाना, पानी बग्ने धारा, माटो, घाँस–पतिंगर, फोहोर लगायतमा यो ढुसी उब्जिन्छ। अहिले कोभिड१९ महामारीका बेला म्युकरमाइकोसिसको समस्या बढेको छ। यसबाट संक्रमित हुनेको संख्या भारतमा धेरै छ।

यो अलि दुर्लभ खालकै फंगल इन्फेक्सन हो। विशेषगरी तीनचारवटा अवस्थामा यो संक्रमण हुन्छ। एक, शरीरको रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएमा दुई, सुगर मधुमेह को रोगी भएमा। तीन, कोभिडको उपचारका क्रममा स्टेरोइड्स जस्ता इम्युनोमोडुलेटर औषधिको अनियन्त्रित प्रयोग गरेमा वा जसलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्‍यो अनि लामो समयसम्म अक्सिजन थेरापी दिनुपर्‍यो, उनीहरूलाई म्युकरमाइकोसिसको जोखिम हुन्छ।

कोभिड–१९ को सक्रिय संक्रमितका साथै संक्रमणमुक्त भएको ६ साता नाघिसकेकालाई पनि म्युकरमाइकोसिस भएको छ। निको भइसकेपछि यसको संक्रमण हुनुको कारण के हो भने, कोभिडको गम्भीर बिरामी भएकालाई स्टेरोइड्स जस्ता औषधि पछिसम्म पनि चलाउनुपर्ने हुन्छ, त्यो बेला उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर भएको हुन्छ।

त्यस्तै, अंग प्रत्यारोपण गरेका, किमो थेरापीमा रहेका क्यान्सरका बिरामीहरूमा यो रोग देखिएको छ। यसको असली नाम राइनो–अर्बाइटो–सेरेब्रल म्युकरमाइकोसिस हो। जसमा राइनो भन्नाले नाक, अर्बाइटो भन्नाले आँखाको नानी रहने घर र सेरेब्रल भन्नाले मस्तिष्क हो। यसले विशेषतः यिनै अंगमा बढी आक्रमण गर्छ। तर, अन्य अंग जस्तै पेटको आन्द्रामा र छातीमा पनि असर गर्नसक्छ। तर, अहिले कोभिड–१९ का बेला नाक, आँखा र टाउकोमै बढी असर देखिएको छ।

कोभिड–१९ को सक्रिय संक्रमितका साथै संक्रमणमुक्त भएको ६ साता नाघिसकेकालाई पनि म्युकरमाइकोसिस भएको छ। निको भइसकेपछि यसको संक्रमण हुनुको कारण के हो भने, कोभिडको गम्भीर बिरामी भएकालाई स्टेरोइड्स जस्ता औषधि पछिसम्म पनि चलाउनुपर्ने हुन्छ, त्यो बेला उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर भएको हुन्छ। त्यहीमाथि सुगर पनि अनियन्त्रित भयो र सरसफाइमा ध्यान दिइएन भने म्युकरमाइकोसिसले छिटो समात्छ।



प्रतिक्रिया दिनुहोस्