Logo

काठमाडौं उपत्यकामा हालसम्म २ लाख ४६ हजार कोरोना संक्रमित, २४३७ जनाको मृत्यु



काठमााडौं, २१ जेठ । विश्व हाल कोरोना भाइरसले आक्रान्त बनेको छ । नेपालमा पनि दैनिक ४ हजार बढी सक्रमित भइरहेका छन् भने दैनिक सयौले ज्यान गुमाएका छन् ।

बिहीबार नेपालमा ६ हजार ८२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

यसैगरी, हालसम्म संक्रमित मध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् । हिजो मात्र ५ हजार ९०४ जनालाई कोरोना संक्रमण निको भएको हो । बिहीबार थप ७५ जनाको मृत्यु भएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुलसंख्या ७ हजार ६३० पुगेको छ ।

काठमाडौं उपत्यकामा २ लाख ४६ हजार ५३० संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै संक्रमणबाट उपत्यकामा हालसम्म २४ सय ३७ जनाको मृत्यु भएको छ ।

देशभर संक्रमित हुने र मृत्यु हुनेको संख्या काठमाडौं उपत्यकामा धेरै रहेको छ । बाक्लो बस्ती भएको कारण उपत्यकाका तीन जिल्लाहरुमा संक्रमण फैलिएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्