Logo

न्यायाधीश पौडेलको निधन



काठमाडौँ, २१ जेठ: कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङका न्यायाधीशमा कार्यरत थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot