Logo

चित्रबहादुर केसीको टिप्पणी : केपी ओलीको कुरा कसले पत्याउने ?, कुनै बेला अडानमा ज्ञानेन्द्रपनि थिए (भिडिओसहित)



काठमाडौं, २३ जेठ । राष्टिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिगमनलाई पराजित गरेरै छाड्ने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अडानको कुरा के गर्नु भन्दै ? ओलीको कुरा कसैले पनि नपत्याउने बताए । उनले भने-“केपी ओलीको अडानको के कुरा भयो र ? कुनैबेला राजा ज्ञानेन्द्र पनि आफ्ना अडानमा थिए । अब यो अडान भनेको त केही दिनको रामछायाँ हो । जनताको अगाडि कसैको अडानले पनि तातोपानी लगाउँदैन् । त्यो पराजित हुन्छ ।” उनले विपक्षी गठबन्धनले ओलीले गरेको प्रतिगमनलाई पराजित गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot