Logo

मुख्यमन्त्री राउतद्धारा मन्त्री सोनलसहित चार मन्त्री बर्खास्त



काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु यादव चयन भएका थिए ।

जसपाका नेता मोहम्मद इस्तिायक राईले जनाएअनुसार पार्टीले चार जना मन्त्रीहरुलाई आज मन्त्री पदबाट बर्खास्त गरिएको हो । जसपामा अहिले अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच द्धन्द्ध चर्किएको छ । ठाकुर पक्षबाट हालै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित १० जना सहभागी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot