Logo

इजरायलमा १२–१६ वर्ष उमेरका बालबालिकालाई कोरोनाबिरूद्धको खोप दिन सुरू



काठमाडौं, जेठ २४ । इजरायलमा १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु भएको छ । इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँको सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न बालकालिकामा खोप अभियान थालेको हो ।

इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो । पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो । त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो ।

इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot