Logo

माछापुच्छ्रे बैंकले गर्यो कोरोना संक्रमितको लागि स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं, २४ जेठ । माछापुच्छ्रे बैंकले कोरोना महामारी नियन्त्रणको लागि विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

आइतबार बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले उक्त स्वास्थ्य सामाग्री कल्याणपुुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरेका हुन् ।

बैंकको अनुसार संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामाग्रिहरु जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्क, लगायतका सामाग्रिहरु हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षदेखि महामारीको रुपमा फैलिदै गएको कोरोना भाईसरको जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारमा राहत पुगोस भन्ने उद्धेश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा, स्थानिय संघसंस्थालाई विभिन्न समयमा विभिन्न सहयोगहरु गर्दै आएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot