Logo

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता, ओलीविरुद्ध एक भएर अघि बढ्ने



काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेपछिको उत्पन्न परिस्थितिबारे छलफल गर्न दाहाल र नेपालबीच भेटवार्ता भएको हो ।

दाहाल नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको स्रोतको दाबी छ । नेता नेपाल पक्षले ओलीको एकता प्रस्तावलाई छलछाम र षड्यन्त्रको संज्ञा दिएको छ । नेपाल पक्षधर नेताहरुले सामाजिक सञ्जालमार्फ आ–आफ्नो भनाई राखिरहेका छन् ।

उनीहरुले ओली एकताको लागि गम्भीर नभएको टिप्पणी गरेका छन् । नेतृ रामकुमारी झाँक्रीले आफूहरुले अदालतमा पेश गरेको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने पनि स्पष्ट पारेकी छिन् । ओली पार्टीलाई २०७५ जेठ ३ गते फर्काउन सहमत भएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot