Logo

गृहमन्त्रीको दौडमा कर्ण थापा, रावललाई काउन्ट दिन ओलीले निर्णय लिनसक्ने



काठमाडौं, २४ जेठ । गृहमन्त्री बन्न नेकपा एमालेका प्रभावशाली नेताहरुबीच दौड तिव्र भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै राखेको गृह मन्त्रालयको जिम्मेवारी विश्वासपात्रमध्येलाई दिने चर्चा चलिरहँदा दौड तिव्र भएको हो ।

गृहमा सबैभन्दा बलियो दाबेदार महेश बस्नेत देखिएका छन् । उनले ओलीको सत्ता संकट टार्न निकै जोखिम उठाएर भूमिका निभाइरहेका छन् ।

ओलीका विश्वासपात्रमध्येका कर्ण थापा पनि गृहमन्त्रीको दौडमा देखिएका छन् । थापा ओलीले रुचाएका नेता हुन् । विगतमा पनि मन्त्री बनिसकेका थापा सुदूरपश्चिम प्रदेशमा एमालेका इञ्चार्ज छन् । माधव नेपाल समूहका भीम रावल उक्त क्षेत्रमा प्रभावशाली छन् । रावललाई काउन्टर दिनका लागि पनि थापालाई गृहमन्त्री बनाउने चर्चा ओली समूहका प्रभावशाली नेताहरुमा चर्चा चलेको छ ।

यसैगरी, गृहमन्त्रीमा एमाले नेता खगराज अधिकारीको पनि चर्चा छ । विष्णु पौडेललाई अर्थ मन्त्रालयबाट गृहमा सारेर लाने सम्भावना पनि रहेको छ । सुरेन्द्र पाण्डेसहितका नेताहरु माधव नेपाल समूह छाडेर आएमा अर्थमा लानेमा ओली सकारात्मक रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्