काठमाडौं, २६ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनका रिटमा अन्तरिम आदेश दिएन । इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । यो मुद्दामा असार ९ गतेबाट लगातार सुनुवाइ हुने जनाईएको छ ।
इजलासले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण समेत मागेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
यसअघि रिट निवेदकको तर्फबाट बहस गरेका अधिवक्ताहरु शम्भु थापा महादेव यादवले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अन्तरिम आदेश दिनुपर्ने माग गरेका थिए ।