Logo

प्रधानमन्त्री र प्रधानन्यायाधीश भन्दा सभामुख कसरी तल ? : बाबुराम भट्टराई



काठमाडौं, २६ जेठ । जनता समाजवादी पर्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने बताएका छन् । उनले व्यवस्थापिकाले नै कार्यपालिकाको गठन गर्ने भएकोले कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ ? भन्दै प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता भट्टराईले यस्तो प्रश्न राखेका हुन् । उनले लेखेका छन्-“लोकतन्त्र ‘जनताद्वारा जनताकोनिम्ति जनताको शासन’ हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन?उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ?उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ?प्रम र प्रन्या भन्दा स्पिकर कसरी तल ?”



प्रतिक्रिया दिनुहोस्