Logo

नवनियुक्त ८ मन्त्रीहरुको सपथ (फोटोफिचर)



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा थपेका ८ जना मन्त्री तथा राज्यमन्त्रीको सपथ भएको छ । आज राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुको सपथ भएको हो ।

सपथ लिनेहरुमा नेकपा एमाले र जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री भएकाहरु छन् ।

सपथ लिनेहरुमा गृहमन्त्री खगराज अधिकारी, र उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, सञ्चारमन्त्री नैनकला थापा, कृषिमन्त्री ज्वालाकुमारी साह, वनमन्त्री नारदमुनी राना, सामान्य प्रशासनमन्त्री गणेश पहाडी, मोहन बानिया प्रधानमन्त्री कार्यालय र वनराज्यमन्त्री आशाकुमारी वि.क. छन् ।

थपिएका मन्त्रीहरु
खगराज अधिकारी, गृह
राजकिशोर यादव, उद्दोग
नैनकला थापा, सञ्चार
ज्वालाकुमारी साह, कृषि
नारदमुनी राना, वन
गणेशकुमार पहाडी, सामान्य प्रशासन
मोहन बानिया, प्रधानमन्त्री कार्यालय
आशाकुमारी वि.क., वनराज्यमन्त्री

तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot