Logo

पाँच पाण्डवबाट सिक्नुपर्ने महत्वपुर्ण ५ गुण



एजेन्सी, २८ जेठ । श्रीमद्भागवत गीता जीवन जिउने एक दर्शन हो । विद्धानहरुको अनुसार गीताबाट धेरै राम्रा कुरा सिक्न सकिन्छ । महाभारतमा सिक्नको लागि धेरै कुरा छन् । पाँच पाण्डवको जीवनका घटनाक्रमबाट केही गुण सिक्न सकिन्छ । महाभारतको कहानीले केही न केही अवश्य सिकाएको छ ।

धैर्य र साहस
पाण्डवहरुले हरेक परिस्थितिको धैर्य र साहसको साथ मुकाबिला गरे । चाहे त्यो लक्ष्यागृहबाट बच्न होस वा युद्धमा कौरव भन्दा कमजोर हुनुको बाबजुद पनि चुनौती स्विकार गर्न होस् । उनीहरुले धैर्य र साहसले नै युद्ध जितेका थिए ।

कठिन समयलाई अनुकुल बनाउने
वनबासको कठिन समयमा पाँच पाण्डवहरु आफै स्वयं शक्तिशाली बने । जहाँ पुगे त्यहाँ आफ्नो लागि समर्थन हासिल गरे । जस्तोसुकै परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाए ।

पारिवारिक एकता
पाँच पाण्डवको जीवनबाट हामीले एक अर्कालाई माया, सम्मान र एक जुट हुन सिक्न सकिन्छ । उनीहरु सधै मिलेर काम गर्नै भएकै कारण पाँच पाण्डवले १०० कौरवलाई पराजित गराए ।

सकारात्मक सोच
भनिन्छ सकरात्मक सोचले माटोलाई पनि सुन बनाइदिन्छ । जब कौरव र पाण्डवबीच राज्यको बाँडफाँट भयो, तब पाण्डवहरुको भागमा खण्डहर जंगल पर्यो । यद्यपि पाण्डवहरुले सकरात्मक सोच लिएर भयानक जंगललाई इन्द्रप्रस्थ जस्तो सुन्दर नगरमा परिणत गरिदिए ।

सबैप्रति विनम्रताको भाव
पाण्डवहरुले सबैप्रति विनम्र भाव राख्थे र कसैको अपमान गर्दैनथे । उनीहरुले धृतराष्ट्रलाई पिताको सम्मान दिएका थिए । त्यस्तै, भीष्म पितामह र द्रोणाचार्यप्रति सदैव आदर भाव देखाउथे । धार्मिक ग्रन्थको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्

Screenshot