एजेन्सी, २८ जेठ । चिनियाँ यान मङ्गल ग्रहमा उत्रिएर तस्बिरहरु खिचेर पठाइरहेको छ । यानले लगेको रोभर केही मिटर वरपर चलिरहेको छ ।
तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको शतह र रोभरको दृश्य पनि देखिन्छ । समथर भू-भाग र विभिन्न आकारका चट्टान देख्न सकिन्छ ।
चीनको रोभर ६ मिटर चलेर तस्बिर लिएको जनाइएको छ । रोभर १.८५ मिटर उचाइको र २४० तौलको छ ।
तस्बिर स्रोतः सीएनएसए