Logo

बाह्यशक्तिको हस्तक्षेप अस्वीकार्यः पाँचपूर्व प्रधानमन्त्री



काठमाडौं, जेठ ३० । पाँचपूर्व प्रधानमन्त्रीहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा बाह्यशक्तिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

शेरबहादुर देउवा, पुष्प कमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा नेपालको बारेमा नेपालीहरूले नै निर्णय गर्नुपर्ने उल्लेख गर्दै नेपालमा संवैधानि कव्यवस्थामाथि निरङ्कुश हमला भइरहेको जिकीर छ ।

विज्ञप्तिमा पाँचपूर्व प्रधानमन्त्रीहरूले संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरूमाथि भइरहेको निरङ्कुश हमलाविरुद्ध ऐक्यवद्धता जनाउनपूर्व प्रधानमन्त्रीहरूले जनता, नागरिक समाज र लोकतन्त्रवादी शक्तिहरूसँग अपिल गरेका छन् ।

पूर्व प्रधानमन्त्रीहरूले गत पुष महिनामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कार्य असंवैधानिक भनी सर्वोच्च अदालतले ठहर गरेको अवस्थामा पुनः दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदाङ्गो पारेको आरोप लगाएका छन् ।

कामचलाउ सरकारको प्रधानमन्त्रीमा परिणत भइसकेको अवस्थामा सरकारले अध्यादेशबाट बजेट घोषणा गर्ने, सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्ने, संविधानसभाबाट जारी नेपालको संविधान संशोधन गर्न भनि राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशील विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्री परिषद्को मनपरी किसिमले पटक–पटक विस्तार गर्ने कार्य अलोकतान्त्रिकभएको विज्ञप्तिमा जनाइएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot