Logo

दिपक मनाङेको आरोपः रमेश सिलवाल रक्सी र केटी भनेपछि पागल (भिडियोसहित)



काठमाडौं, ३१ जेठ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालमाथि गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले गम्भीर आरोप लगाएका छन् । उनले सिलवाल पोखरामा मोजमस्ती गर्न आउने गरेको टिप्पणी गरेका छन् ।

‘रमेश सिलवाल रक्सी र केटी भनेपछि पागल हुने,’ मनाङेले अन्तवार्ताका क्रममा भनेका छन् । सिलवाल मोजमस्तीका लागि आउने र त्यसको व्यवस्थापन पोखराका खेलकुद पदाधिकारीले गर्ने गरेको उनको भनाई छ ।

‘एमाले बनेर ठगेर खानेहरु छन्,’ मनाङेले भने, ‘राजेश भुँडे एक नम्बरको ठग छ ।’ उनले राजेश गुरुङ्गलाई भनेका हुन् । राजेश गुरुङ्ग गण्डकी प्रदेशको प्रतिनिधित्व गरेर राखेपको बोर्ड सदस्य छन् ।

गण्डकी प्रदेशमा खेलकुद पदाधिकारीसँग मनाङेको टकराव चल्दै आएको छ ।

भिडियो लिंकका लागि यहाँ थिच्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्

Screenshot