Logo

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



कञ्चनपुर, ३१ जेठ । बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot