Logo

आजबाट बैंकका सबै शाखा खोल्न पाईने



काठमाडौं, असार १ । कोरोना महामारीको दोस्रो लहरका कारण हाल बन्द रहेका बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसंगै मंगलबारबाट सबै शाखा सञ्चालनमा आउन सक्नेछन् ।

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले वित्तीयक्षेत्रमा तोकेको कोटा प्रणाली हटाएको हो ।

यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म मात्रै शाखा संचालन खोल्न दिदै आएको थियो ।

अव भन्ने कति शाखा खोल्ने भन्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै निर्णग गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्