Logo

आज २७ सय ४५ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु



काठमाडौं, १ असार । आज नेपालमा कोरोना भाइरसका २७ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १२ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ४० हजार ४ सय ३९ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार आज १३ हजार २ सय ९० जनाको परीक्षणबाट ७ हजार ४ सय ४९ पिसीआर .विधि र ५८ सय ४१ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

२४ घन्टामा आज ४१ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot