Logo

काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दै



काठमाडौँ,  २ असार । आज देशभर २८ सय २८ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ९९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ३५४ , ललितपुरमा ६६ र भक्तपुरमा ७९ संक्रमित थपिएका हुन् । योसंगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख १५ हजार ३० सय पुगेको छ ।

आज ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५३ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् । आज १३ हजार २२ जनाको परीक्षणबाट ८६ सय ८७ जनाको पिसीआर विधि र ४३ सय ३५ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार कोरोना संक्रमणबाट आज थप ५२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८  पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot