Logo

निषेधाज्ञाः कुन–कुन क्षेत्र चलायमान गर्ने भन्नेबारे आज निर्णय हुँदै



काठमाडौं, असार ६ । वैशाख १६ बाट जारी निषेधाज्ञाको स्वरुप परिवर्तनबारे आज निर्णय हुदैछ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच आज हुने छलफलले कुन–कुन क्षेत्र कसरी चलायमान गर्ने भन्नेबारे निर्णय गर्नेछ ।

कोभिड–१९ निर्देशक समिति बैठकले समेत असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिईसकेकाले मंगलबारदेखि निषेधाज्ञा खुकुलोको तयारी भईरहेको हो ।

यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)लाई दिइसकेको छ ।

स्मार्ट डाउनमा उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनमा पूर्ण स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्दै न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायमा आलोपालो प्रणाली र सवारी साधनमा जोरबिजोरलगायतका उपाय अवलम्बन गराउदै निषेधाज्ञा खुकुलो बनाउने तयारी भईरहेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्