Logo

प्राविधिक समस्याका कारण विहानैदेखि टेलिकमको मोबाईल नेटवर्कमा समस्या



काठमाडौं, असार ९ । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बुधबार बिहानैदेखि समस्या आएको छ। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा आज बिहानैदेखि फोन नलाग्ने, म्यासेज नजाने तथा इन्टरनेट नचल्ने समस्या देखिएको हो ।

प्राविधिक समस्या आएको र समस्य मर्मत भइरहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका अनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ। टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन।



प्रतिक्रिया दिनुहोस्