Logo

गण्डकी प्रदेशमा संक्रमितको संख्या ८५ हजार, सबैभन्दा कम मनाङमा



काठमाडौं, ९ असार । गण्डकी प्रदेशका ११ जिल्लामा कोरोना भाइरसका संक्रमित रहेका छन् । सबैभन्दा धेरै कास्कीमा २१ हजार बढी र सबैभन्दा थोरै मनाङमा ६७ जना संक्रमितको संख्या रहेको छ ।

सबैभन्दा धेरै कास्की जिल्लामा २१ हजार ९९० जना संक्रमितको संख्या रहेको छ । संक्रमित मध्ये १२ हजार ६५७ जना पुरुष र ९ हजार ३३३ जना पुरुषको संख्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, नवलपरासी पुर्व जिल्लामा ६ हजार २३८ जना संक्रमित रहेका छन् । ति मध्ये ३७ सय ९८ जना पुरुष र २४ सय ४० जना महिला रहेका छन् । त्यस्तै, तनहुँमा हालसम्म ४१ सय ९२ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये २६ सय ४८ जना पुरुष र १५ सय ४४ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

बाग्लुङमा हालसम्म ४९ सय ३० जना कोरोना संक्रमितको संख्या रहेको छ । जसमध्ये २९ सय ७९ जना पुरुष र १९ सय ५१ जना महिला रहेका छनु । यसैगरी, गोरखामा ४७ सय ११ जना हालसम्म संक्रमित भएका छन् । संक्रमित मध्ये २८ सय ७४ जना पुरुष र १८ सय ३७ जना महिला रहेका छन् ।

मन्त्रालयको अनुसार मंगलबारसम्म लमजुङमा २६ सय ४६ जना संक्रमित मध्ये १६ सय ५६ पुरुष र ९९० जना महिला रहेका छन् । मनाङमा ६७ जना मात्र संक्रमित रहेका छन् । ती मध्ये ३० पुरुष र ३७ जना महिला रहेका छन् ।

मुस्ताङ जिल्लामा १७९ जना संक्रमित मध्ये ११२ जना पुरुष र ६७ जना महिला रहेका छन् । त्यस्तै, म्याग्दीमा १६ सय २३ जना संक्रमित मध्ये ९४४ जना पुरुष र ६७९ जना महिला रहेका छन् । पर्वतमा १७ सय ७८ जना संक्रमित मध्ये ११ सय ७८ जना पुरुष र ६२२ जना महिला संक्रमित रहेका छन् । त्यस्तै, स्याङ्जामा ३ हजार ७३ संक्रमित मध्ये २ हजार २२ जना पुरुष र १ हजार ५१ ज्ना महिला रहेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ८५ हजार ७०५ संक्रमितको कुल संख्या रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्