एजेन्सी, ९ असार । चिनियाँ यात्री अन्तरीक्ष केन्द्रमा छन् । उनीहरु अन्तरीक्षमा बसेर दिनभर काम गर्ने र राति सुत्ने कार्य गरिरहेका छन् । यसको भिडियो चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको छ ।
ग्लोबल टाइम्सले बुधबार तीन चिनियाँ अन्तरीक्ष यात्री नि हैसेङ, लिउ बोमिङ र ताङ होङबोको मुख्य गतिविधिको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा उनीहरुले खाएको देखि सुतेको समेत देखाइएको छ ।
तियानही मोडुली नाम दिइएको अन्तरीक्ष केन्द्रमा उनीहरु तीन महिना रहनेछन् । यो पाँच वर्षपछि चीनको पहिलो अन्तरीक्ष मिसन हो ।
चिनियाँ सेन्ट्रल चाइना टेलिभिजनले प्रसारण गरेको टेलिभिजनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यात्रीहरुसँग ५ मिनेट कुराकानी गरेर धन्यवाद दिएका थिए ।
First vlog released showing taikonauts cabin life in China's space stationhttps://t.co/lENoc5pTN1 pic.twitter.com/E8fobAUdfE
— Global Times (@globaltimesnews) June 23, 2021