काठमाडौं, असार १२ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखी पूर्ण बदली रहने छ । अहिले प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।