Logo

प्रचण्डको टिप्पणी : राष्ट्रपतिको बारेमा बोल्न पाईँदैन भन्ने हु इज केपी ओली ?



काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको दाबी गरेका छन् । आज (शनिबार) संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकारहरुसँग विपक्षी गठबन्धनका नेताहरुले गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो। त्यसको विरोध गर्न किन नपाउनेरु राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली,
हिजोमात्रै प्रचण्डले राजाहरुको बरु शान, मान र ईज्जत थियो तर राष्ट्रपतिको शान, मान र ईज्जत नभएको टिप्पणी गरेका थिए ।

दाहालको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न क्रिया, प्रतिक्रिया आएपछि आज उनले आफूले राजा राम्रो भनेको नभई व्यंग्यात्मक शैलीमा आफ्नो भनाइ राखेको जिकिर गरे । उनले भने, ‘राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनिदैछ। मैले राजाभन्दा बढी हुन खोज्नु भएन भन्न पो खोजेको हो नि। राजा ल्याउनुपर्‍यो भनेर भनेको हो त होइन नि।’  Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot