Logo

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बस्ने



काठमाडौं, असार १४। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बुधबार बोलाउने निर्णय गरेको छ । आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषय, कोभिड १९ नियन्त्रणको पहल, प्राकृतिक विपत्ति र राहत, पुनस्र्थापना तथा पूर्व तयारीका विषयमा समेत छलफल भएको प्रवक्ता ज्ञवालीले बताए । १६ गते काठमाडौंमा बस्ने बैठकले पार्टीभित्रका असन्तुष्ट नेताहरुको विषयमा समेत ठोस छलफल गर्ने बताइएको छ । अहिले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग संवाद र छलफल जारी रहेकाले त्यसबारेमा समेत समीक्षात्मक छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

एमालेको गत फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले यसअघि आफ्नो फैसलामा एमाले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिएपछिको अवस्थाका बारेमा समेत आजको बैठकमा छलफल भएको बताइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot