काठमाडौं, १४ असार । गरिमा विकास बैंकले ऋणपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको लागि असार ११ गते बोर्डमा निवेदन दिएको हो ।
बैंकको अनुसार कुल कित्ता मध्ये ४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत विक्रि गर्ने र ६ लाख कित्ता व्यक्तिगत तबरबाट बैंकले बिक्रि गर्ने भएको छ ।
सार्वजनिक निष्कासनको लागि सुरक्षित गरिएको मध्येबाट ५ प्रतिशत सामुहिक लगानीको लागि छुट्टाइएको छ । बैंकले ऋणपत्र बिक्रि प्रबन्धकको जिम्मेवारी एनआईबिएल एुस क्यापिटल लिमिटेडलाई दिएको छ ।