काठमाडौं, १४ असार । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ६ लाख ३३ हजार ६७९ जना संक्रमित भइसकेका छन् । त्यसमा सबैभन्दा बढी युवा वर्ग संक्रमित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म ९ हजार ९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । पछिल्लो समयमा फैलिएको कोरोना संक्रमणको दोस्रो भेरियन्टले युवा वर्गमा हानी पुर्र्यारहेको छ । युवा उमेर समुहका (२१–३०) र (३१–४०) बढी संक्रमित भएका छन् ।
आइतबार कोरोना भाइरसका नयाँ संक्रमित १९ सय २० जना थपिएका छन् । ति मध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्षका उमेर समुहको धेरै संक्रमितको संख्या रहेको छ । आइतबार ३०८ जना २१ देखि ३० वर्षका उमेर समुहका संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, २ सय ९३ जना ३१ देखि ४० वर्ष उमेर समुहका संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयको अनुसार, आइतबार ४१ देखि ५० वर्ष उमेर समुहको १९८ जना संक्रमित थपिएका छन् । त्यस्तै, १७६ जना ५१ देखि ६० उमेर समुहका नयाँ संक्रमित हिजो थपिएका हुन् । यसैगरी, १२२ जना हिजो ६१ देखि ७० वर्ष उमेर समुहका संक्रमित थपिएका छन् ।
त्यस्तै, ११६ जना ११ देखि २० वर्ष उमेर समुहका कोरोना संक्रमित थपिएका हुन् । ७१ देखि ८० वष उमेर समुहका ५८ जना, ८० वर्ष माथिका ३१ जना, १० वर्ष मुनिका ५० जना र उमेर नखुेलेको १ जना संक्रमित आइतबार थपिएका हुन् ।