Logo

माधव नेपाल कम्युनिस्टले क्रिया गर्दैन भन्ने मान्छेः ओली



काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई आफूले विगतमा मदन भण्डारीको स्मृति दिवस र जन्मदिवस मनाऔं भन्दा कम्युनिस्टले काजक्रिया गर्दैन भन्ने उत्तर दिएको बताएका छन् । नेपालले मदन भण्डारीको अपमान गरेको आरोप समेत लगाए ।

‘बेसरमको हद हुन्छ, मदन भण्डारीको जन्मजयन्ती मनाऔं भन्दा माधव नेपाल कम्युनिस्टले क्रिया गर्दैन भन्ने मान्छे ,’ आज मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘जन्मदा के गरे पछि पो गरे भन्ने ?’

माधव नेपाल अहिले मदन भण्डारीको जन्मजयन्तीमा पहिल्यै विज्ञप्ति निकाल्न पुगेको भन्दै लाच पचेको संज्ञा दिए । उनले नेपालमाथि मदन भण्डारीको अपमान गरेको आरोप समेत लगाए । मदन भण्डारी फाउण्डेशनको समेत विरोध गरेको भन्दै आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot