Logo

नेप्सेद्वारा राधी विद्युतको शेयरमुल्य समायोजन



काठमाडौं, १५ असार । राधी विद्युत कम्पनीको शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीको ३६.५० प्रतिशत बोनस पछिको मुल्य ८ सय २१ रुपैयाँ प्रतिकित्ता तोकेको हो ।

नेप्सेले कम्पनीकोे सोमबार भएको अन्तिम कारोबार मुल्य ११ सय २० रुपैयाँको आधारमा नयाँ मुल्य ८२१ रुपैयाँ निर्धारण गरेको हो ।
कम्पनीको आजदेखि समायोजन भएको मुल्यको आधारमा कारोबार हुनेछ ।

कम्पनीले सभाको लागि असार १५ (आज)देखि बुक क्लोज गरेको छ । हिजोसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने बोनस शेयर लिन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्