Logo

नेपालमा ३३ लाख परीक्षणबाट ६ लाख ३६ हजार कोरोना संक्रमित



काठमाडौं, १६ असार । नेपालमा हालसम्म ६ लाख ३६ हजार ९१६ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख ९२ हजार ५३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो निको भएको दर ९३.०३ प्रतिशत हो ।

त्यस्तै, देशभर संक्रिय सक्रमितको संख्या ३५ हजार ३१० रहेको छ । यो संक्रिय संक्रमितको दर ५.५४ प्रतिशत हो । यसैगरी, नेपालमा १.५ प्रतिशत मृत्युदर रहेको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार ७१ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयको अनुसार मंगलबारसम्म नेपालमा ३३ लाख ३६ हजार ९ सय ४३ पिसीआर विधिबाट कोरोना परीक्षण भएको छ भने १ लाख ८४ हजार ४३० जनाको एन्टीजेन विधिबाट परीक्षण भएको छ । जसमध्ये पिसीआर विधिबाट हालसम्म ६ लाख ३६ हजार ९१६ जनामा संक्रमण पुष्टि भएको छ भने ३३ हजार ९ सय ४१ जनाको एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार ७२ सय ५९ पिसीआर परीक्षणबाट १७ सय २८ जनामा संक्रमण पुष्टि भएको थियो भने ४४ सय ४८ जनाको एन्टीजेन परीक्षणबाट ९०८ जनामा संक्रमण पुष्टि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्