Logo

माछापुच्छ्रे बैंकको सिरहा बजारमा नयाँ शाखा



काठमाडौं, १७ असार । माछापुच्छ्रे बैंकले सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा नयाँ शाखा कार्यालय संचालन गरेको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याएको शाखाको बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोे एंव सिरहा नगरपालिका प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सदरमुकाममा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकका शाखा ६ वटा पुगेको बैंकले जनाएको छ । हालसम्म बैंकले १६१ शाखा, १६५ शाखारहित बैंकिङ, २ सयभन्दा बढी एटीएम तथा ५ वटा एक्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्