Logo

चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वर्षमा महिलाहरु कहाँ ?



एजेन्सी, १८ असार । जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्षमा प्रवेश गरेको छ । सन् १९२१ मा गठित चिनियाँ कम्युनिस्ष्ट पार्टीले चीनलाई विश्वमै फरक धारबाट लान सक्षम भएको छ ।

चीनको विश्वमै पृथक परिचय समेत बनाएको छ । चीनलाई मानिसहरु धनी भएका, थोरै बच्चा जन्माउने र रोजगारीको व्यापक अवसर भएको बुझिएको छ । सय वर्षको अन्तरालमा चीनले व्यापक परिवर्तन गरेता पनि महिलाको अवस्था अहिलेपनि उस्तै रहेकोे छ । त्यहाँको राजनितीमा अहिले सम्म पूरुष बाहुल्यता रहेको छ । सय वर्षमा चीनको कम्युनिस्ट पार्टीमा महिला नेतृत्वमा पुगेनन् । जब कि चीनको छिमेकी देशहरुमा महिला नेतृत्वमा पुगिसकेका छन् । भारतमा महिला राष्ट्रपति र प्रधानमन्त्री भए । पाकिस्तानमा पनि महिला प्रधानमन्त्री भइन् । नेपालमा महिला राष्ट्रपति छिन् ।

जूलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको वर्षिकोत्सव सम्पन्न भएको छ । समारोहमा महिलाहरुको कुनैपनि विषय सम्बोधन भएनन् । चिनियाँ कम्युनिष्ट पाटीको सांस्कृतिक क्रान्तिमा महिलाहरुले आफ्नो सम्पूर्ण योगदान पुर्याएका थिए ।

सन् २०१७ मा भएको नेश्नल कांग्रेसको सभामा ९३८ डेलिगेट मध्ये ८३ जना मात्र महिलाहरु सहभागी भएको चिनियाँ डाटा ल्याबले जनाएको छ । पार्टीको प्रान्तीय स्थायी कमिटीमा महिलाको भने बहुल्यता छ । २५ सदस्यीय पोलिट ब्युरोको सदस्यमा दुई जना महिलाले मात्र सो अवसर प्राप्त गर्ने गर्दछ । ७ सदस्यीय इन्नर सर्कलमा कुनै महिला प्रवेश गर्न सकेका छैनन् । इनर सर्कलमा समेत महिला नहुनुले चिनियाँ कम्युनिस्ट पार्टी पुरुष बाहुल्यको देखिन्छ ।

पार्टीमा महिलाहरु न्युन संख्यामा रहेको कारण उनीहरुलाई माथिल्लो तह सम्म पुग्न निकै कठिन छ । उनीहरु तल्लो तहबाटै कमजोर हुने देखिएका छन् । महिला र पुरुष एक समान भएपनि पार्टीमा युवा वर्गलाई समेट्ने र प्रवेश गराउने गरेको देखिएको छ ।

भिक्टर शि, युसिएसडिका सह–प्रध्यापकको भनाईलाई अल्जजीरले उदृत गर्दै अलजजिराले लेखेको छ‘पोलिसिङ, इन्टरनेट सेन्ससिप र सेनामा पुरुषलाई प्राथमिकता दिनु अत्यन्त आवश्यक छ र महिलालाई शिक्षा, प्रोपोगान्डा कार्य, सामाजिक पोलिसिको लागि बनेका छन् । त्यसमा केही आफ्नो गन्तव्यलाई उचाई दिन कोसिस गर्दछन् ।’

पार्टीमा निरन्तर अगाडी बढ्नका लागि अन्य सदस्यहरुको साथ आवश्यक हुनेगर्छ । चीनका प्रख्यात नेताहरु गर्भनर, मुख्य शहर वा प्रान्तीय पार्टी सचिवको भुमिका निर्वाह गरेको छन् । महिलाका लागि पनि सो क्षेत्रमा ठूलो अवसर रहेको छ । तर, यस पदका लागि केही महिलाहरु मात्र पुगेका छन् ।

चीनमा महिलाको रिटायरमेन्ट ५५ वर्षको उमेरमा हुने गर्दछ । पार्टीमा आवद्व महिलाहरु प्रायः जसो रिटायर हुने गर्दछन् । सेकरेट वल्र्ड अफ चाइना कम्युनिष्टका लेखक रिचार्ड मेकग्रेगरको भनाईलाई अल्जजीरले उदृत गर्दै लेखेको छ,‘चीन अमेरिका जस्तो होइन जहाँ ४५ वर्षिय ओबामा र जेफके अफिसका लागि जाने गर्दछ । चीनमा महिलाको उदय हुने र अवकास लिने ढाचाँ यसरी तय गरिएको छ जसमा ५५ वर्षमा पोलिटब्युरो सदस्य हुन दुर्लभ छ । यसको मतलब यो हो कि महिलासित जतिसुकै प्रभावशाली र क्षमतावान भएतापनि उनीहरुलाई नेतृत्वमा पुग्न निकै कठिन छ ।’

प्रान्तीय, क्षेत्रीय नेतृत्वमा महिलालाई निकै अवसर रहेको एक अनुसन्धानले देखाएको छ । द सर्टेस्ट हिस्ट्री अफ चाइनाका लेखक लिंडा जयविनको भनाईलाई उदृत गर्दै अल्जजीराले लेखेको छ,‘ पार्टीको सिद्वान्त अनुसार महिलालाई राजनीतिक, आर्थिक क्षेत्रमा समान राखेको छ । महिलाले पुरुषलाई मन पराउन र आफ्नो अधिकार सुनिश्चित गर्न पार्टीले स्थापना काल देखि नै महिलालाई प्रोमोट गरिरहेको भनिएको छ । एक रिपोर्ट अनुसार चीनमा पहिला भन्दा पुरुषको लोकप्रयिता बढ्दै गएपछि र एक सन्तान नीतिले चीनमा पुरुषको संख्या महिला भन्दा ३ करोड ९४ लाख बढाएको छ ।’

सन् १९८० पछि चीनले आफ्नो व्यापार नितीलाई विश्वव्यापी बनाउँदा चीनमा थुप्रै मिश्रित समूह र वेश्यावृत्ती बढेको थियो । चीनमा सरकारले ल्याएको सम्बन्धभिच्छेदको नीति समेत निकै कठिन रहेको छ । सामान्य घरेलु झगडा र अन्य झगडाका कारण सम्बन्ध बिच्छेद नहुने कानून लागु भएको छ ।

सिसिपीले बलियो र सक्षम महिला जसले आफ्नो देश र पार्टीको लागि योगदान गरेको छ उनीहरुको विषयमा बोल्ने गर्दछ । तर, त्यस संवेदनशील निकायहरुमा महिलाको उपस्थिती भने न्युन रहेको छ । पुरुष प्रद्यान देशको नीति भन्दा पनि फरक नीति चीनमा देखिएको छ ।

दक्षिण कोरिया, ताइवान र हङकङ समेत परुष प्रधान मानिन्छन् । र, तीन वटै देशमा महिलाले समेत नेतृत्व गरिरहेका छन् । महिलाहरुले आकाशको आधा हिस्सालाई लिएर हिडेको चीनमा भनिने गर्दछ । चीनका महिलाहरु स्वतन्त्र भएपनि नभएपनि उनीहरुलाई चीनको राजनितीमा आधा हिस्सा प्राप्त गर्न लामो बाटो तय गर्नु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot