Logo

एमाले फुटको निर्णय केपीजीहरुले गरिसक्नुभयो : वेदुराम भुषाल (भिडिओसहित)



काठमाडौं, २१ असार । नेकपा (एमाले) का नेता तथा राष्ट्रिय सभा सदस्य वेदुराम भुषालले आफूहरुले संविधान र लोकतन्त्र रक्षाको लागि शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको बताएका छन् । उनले पार्टी विधानअनुसार नचलेको स्पष्ट पारेका छन् । उनले भने,‘पहिलो कुरा त पार्टी विधिवत ढंगले चलेको छैन्, विधाअनुसार चलेको छैन् । पार्टीका नाममा कुनै पनि व्यक्तिले फर्मान र निर्देशन जारी गर्दैमा लागु हुँदैन् । विधानसम्मत् छ भने संस्थाको निर्णयको वैधानिकता हुन्छ ।’

विधानअनुसारको केन्द्रीय कमिटीको निर्णय आफूहरुले मान्ने पनि उनले विश्वास दिलाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेट्न नै नचाहेको उनले टिप्पणी गरे । उनले भने,‘माधव नेपालले भेट्न चाहनुभएन भन्ने कुरा त माधव नेपालले पो भन्नुपर्यो त, अरुले भनेर हुन्छ ?’ भीम रावलले अध्यक्ष ओलीसँग भेट्नु नौलो कुरा नभएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने उनको तर्क छ । उनले एमाले फुटको निर्णय त अध्यक्ष ओलीले नै गत फागुन २८ गते नै गरिसकेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot