काठमाडौं, २३ असार । विश्वभर कोरोना भाइरसको दोस्रो भेरियन्टले आक्रान्त बनाएको बेला नेपालमा पनि ६ लाख बढी संक्रमित भएका छन् । नेपालमा संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबारसम्ममा उपत्यकाको काठमाडौं जिल्लामा मात्रै २ लाख ६५ हजार ५३ जना कोरोना संक्रमित रहेका छन् । संक्रमित मध्ये १ लाख ९९ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार काठमाडौंमा १९ सय जनाको मृत्यु भएको छ भने ५३ सय ३० जना संक्रमितको उपचार भैरहेको छ ।
त्यस्तै, भक्तपुरमा २२ हजार ४६४ जना हालसम्म संक्रमित भएका छन् भने संक्रमित मध्ये २१ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, ३६८ जनाको संक्रमणबाट मृत्यु भएको छ भने ९७३ जना संक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, ललितपुरमा ३८ हजार ७६ जना कोरोना संक्रमित भएका छन् । १५ सय २५ जना संक्रमितको उपचार हुँदै छ भने हालसम्म ३६ हजार जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, ललितपुरमा ५ सय ५१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।