Logo

सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकधम्की दिने युवक पक्राउ



मोरङ, २८ असार । सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकधम्की दिएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएको अभियोगमा रंगेली नगरपालिका २ मंगलबारे बस्ने २० वर्षीय मनिष राय आइतबार साँझ पक्राउ परेका हुन् ।

धनपालथान गाउँपालिका ३ मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दारुलाई धाक धम्की दिँदै हिँडि रहेको खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्