Logo

देउवाले क-कस्लाई बनाउलान् मन्त्री



काठमाडौं, २९ असार । आज प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका दलहरुबाट मन्त्री बनाउने तयारी गरेका छन् । उनले काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट मन्त्री बनाउन लागेका हुन् ।

देउवाले काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेका छन् । उनी विगतमा पनि देउवाको छनोटमा मन्त्री बन्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रबाट पम्फा भुसालको मन्त्री बन्ने सम्भावना छ । जर्नादन शर्मा र देव गुरुङ पनि मन्त्री बन्ने बुझिएको छ । उनीहरु अर्को लटमा मात्र मन्त्री बन्ने बुझिएको छ ।

जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव आफै उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्द पुग्ने सम्भावना छ । राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव पनि मन्त्री बन्ने सम्भावित हुन् ।

राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागिता जनाउने सम्भावना कम छ । जनमोर्चाले उपसभामुखको दाबी गर्दै आएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल खेमा भने सरकारमा सहभागी हुने छैन । नेपाल खेमाले एमाले एकतामा ध्यान दिने भन्दै गठबन्धन छाडेको छ ।



प्रतिक्रिया दिनुहोस्